Sunday, July 7, 2019

म ठूलो भएछु

म ठूलो भएछु,
आमाको ममता सजायको रूपमा पहिले नै भोगेको म,
ढाँटेर खेतालाहरु सँग बढी खोला तिर बरालिंदा,
गोठमा गाई-भैँसीले हाँसेर मेरी आमैलाई म विरुद्ध उक्साएको त्यो धमिलो सम्झना,

तामा भन्दा पहिले नै बाँसको स्वाद चाखेको म,
ठूलो भएछु,
त्यो गोठ र त्यो आँगन देखि,
मेरो बाउले मलाई बिदाई गरेको फोटोमा आज गौर गर्दा,
उनको हरेको बोलि काट्ने कला निखारेको म,
परिपक्व भएछु आज,
उनको पिडा र मौनतामा नि ममता रूपी प्रेम देख्ने भएछु म आज,
उमेर र बिजुली-पानीको यो कस्तो मिठो बुझाई,
एउटा फोटो र बोतलको यो कस्तो दैवी समिश्रण,
रातको दैत्य प्रहरमा नी
यो कस्तो तेश्रो परिप्रेक्ष्य जाग उठ्यो,
बाउको करले मन्दिर जान नखोज्ने र नजाने म,
भगवान्,
आमा गयल हुँदा पाँच वर्षको म,
भित्री मधेशको गर्मिमा मेरो बाउले मलाई अँगालो मारेको सुताएको सम्झना गराएर,
ठूलो बनाएछौ मलाई ।।।