Tuesday, February 12, 2013

भाग्यमानी म

भाग्यमानी म,
तिम्रो भाग्यसँग मेरो भाग्य जोडिन पाएकोमा /
तिम्रा रहर, खुशीलाई आफ्नो भन्न पाएकोमा / 
तिम्रो रिसलाई म प्रतिको माया भन्न पाएकोमा /
खुशी म,
तिम्रो हाथ समातेर गन्तव्यतिर लम्कन पाएकोमा /
तिम्रो मुहार हेरेर मन प्रसन्न भएकोमा /
मलाई कुरी राख्दा, म ढिलो आएर
तिम्रो आँखाको आक्रोशमा पनि
म प्रतिको असीम माया देख्दा /
तिम्रो सन्देशको समयमा जवाफ नदिँदा पनि
तिम्रा शव्दहरुको गहिराईमा मायाको बुट्टा भरिएकोमा /
ईश्वरको वरदान पाएको म,
मेरा कमजोरीलाई पनि मायाको नाम दिएकोमा /
तिमीलाई आफ्नो मायालु भन्न पाएकोमा 
तिमी मेरो जिन्दगी भएकोमा //