Sunday, May 8, 2016

यात्रा कविता

उज्यालो रातो रङ्गमा मिसिंदै गर्दा,
बिस्तारै कालो अदृश्यताको च्यादरले ढाक्दै गर्दा,
अनि न्यानो तर कृतिम वैकल्पिताले ढाडश दिंदा,
घर जाने बाटोको दुवै पट्टीका हरिया र पहेंला फाँटहरुमा
गन्तव्य पुग्ने व्यग्रता फुल्न थाल्छन् /

वृक्षहरु रुप-रङ्ग बिनाको मात्र एउटा आकार भैदिंदा,
मेरो अगाडी बसेकी सुन्दरीले घोत्लिरहेको किताबमा ध्यान जान्छ
र दाहिने पट्टि बसेको म जस्तै चस्मिस (तर म जस्तो ह्यान्डसम चाई हैन) ले भोलिको (शायद) अन्तर्वार्ता तयारी गरि रहँदा,
झंल्यास घर अझै ८३ किमी टाढा भन्ने बोर्ड देखिन्छ,
तर फेरी कानमा गुन्जी रहेको कोल्डप्लेको विवा ला विडाले ध्यान खिंच्दा
र म मन-मनै हजुर क्रीस मार्टिन दाई, मलाई केहि गुनासो छैन भन्छु,
भावनाहरु अझै बढ्न थाल्छन् जब क्र्यानबेरिसको when you are gone बज्न थाल्छ,
अनि म सोचमग्न हुन्छु, मेरी पियारीले यहि गीत नगाए पनि,
यस्तै भाव अनुभव गरेको हुनु पर्छ /

पियारीकै कुरा आएपछि,
घर पुगेर पाउने मिठो खानाको अपेक्षाले
मन र पेट दुवै एउटै स्वरमा शानको चार कदम बस् चार कदम गाउन थाल्छन्,
रम पोइ रे रम पोइ रे ..रा रा रा रा रे ..
अनि अर्को वाक्य सोच्दै गर्दा
झट्ट मेरी एउटै मेरी पियारीको यसयमयस आउँदा
अरिजित सिंह भाईले मन मस्त मगन, बस् तेरा नाम दोहराए कानमा गुन्जाउँदा
पिरती आफै भरिएर आउँछ र
म ब्र्यान एडम्स दाईसंगै baby you are all that i want गुनगुनाउन थाल्छु /

अन्त्यमा,
गुरुजीले ल केटा तिम्रो घर आउन लाग्यो भन्दा,
डेनी डेंग्जोम्पा दाईको मनको कुरालाई बाँधी नराख, चट्ट सुनाईदेउमा लय मिलाउँदा
स्वत: मुस्कान आएको अवस्था बताउंदै
यो यात्रा कविता हाम्रो स्वर्गीय जोन लेनन दाईको
when the night has come and the land is dark
ले सान्दर्भिक बनाएको अर्को अवस्था बताउंदै टुंग्याछु ///