Wednesday, May 22, 2013

मेरी माया


उदासिता विलीन गराउने
मन प्रफुलित, तरंगित बनाउने
तिम्रो त्यो मधुर मुस्कानको भोगी हुँ म /

मिठो वचनले कुरा सजिलो बनाउने
मुटु भित्र लुकेका कुरा नि सहज थाहा पाउने
तिम्रो त्यो कलाको पुजारी हुँ म /

हाम्रो भेटमा म ढिलो आउँदा नि
रिसाएर माया प्रकट गर्ने
दाहिने आँखाले माया र देब्रेले रिस दर्शाउने
तिम्रो नजर र भावनाले कायल भएको प्रेमी हुँ म /

अनेकौं प्रश्न गरे पनि
मेरो हरेक उत्तरमा चित्त बुझाउने
आफ्नो भविष्य मसंग जोड्ने
तिम्रो विश्वाशको
रक्षक, पुजारी हुँ म //