रहरहरुको माझमा तिमी एउटा उत्साह, उत्सव, उमंगता
मनको आँगनमा, जीवनको रंगमा सजिरहेकी मेरी एउटै अनुकम्पा //
आशाको किरण झुल्काई रहने तिमी एउटा अभिलाषा
राग, अनुरागले भरिपूर्ण मेरी एउटै अनुकम्पा //
सम्झनामा, सपनीमा, बिपनीमा तिमीलाई नै भेट्ने तत्परता
तर भेट्दा नबोलेको कुरा पनि बुझ भन्ने
शुन्यतामा आँखाको भाका बोल्ने
मेरी एउटै अनुकम्पा //
अचानक आँखा जुध्दा नयन भरिको उज्यालोमा देखिने
संगै हिड्दा ठोक्किएका औंला भरिको स्पर्शमा महशुस हुने
केवल माया मात्र हैन यो /
जीवनका प्रत्येक खुट्किलामा
शब्द, माया, विश्वास, भावनाले धकेल्दै, तान्दै
अंगाल्दै,
भगवानले म माथि गरेको असीम कृपा,
मेरी एउटै, मेरी प्यारी अनुकम्पा /
No comments:
Post a Comment