Thursday, March 6, 2014

पीडाबोधको आनन्द

पीडाबोधको आनन्द
कस्तो हुन्छ भनी
अनि कसले लिन सक्छ भनि कसैले सोधेमा
कुनै आम नेपालीको नाम लिनु

महँगीको मारमा थिचिंदा पनि
ट्राफिक जाममा पर्दा पनि
उपत्यका, जिल्ला, अंचल, राजमार्ग, नेपाल बन्द हुँदा पनि
तेलको लाइनमा बस्दा पनि
एमआरपी को लाइनमा बस्दा पनि
ऊ हाँसेकै हुन्छ
भोक लागे चाउचाउ खान्छ
अलि रिस उठे हर्न बजाउँछ
अनि
सँगै रहेको अर्को नेपालीको अनुहार हेरी
यस्तै हो हाम्रो देश भनि
ऊ मुस्कुराउँछ

फुटपाथमा पसलेले हिड्न गाह्रो बनाएपछि
ऊ सडकमा हिडिरहेको हुन्छ
सडकमा जतिसुकै खाल्डा-खुल्डी भएपनि
बचाई बचाई बाइक गाडी चलाएकै हुन्छ
बाइक गाडी नभए
कोचिएर झुन्डिएर भए पनि यात्रा गरेकै हुन्छ
अनि घर पुग्दा
बिजुली नभएर
सके इन्वर्टर, नभए चाईनिज टुकी
त्यो पनि नभए
मैनबत्ती बालि ऊ मुस्कुराएकै हुन्छ
जलश्रोतको धनी देश भनि
ऊ मुस्कुराएकै हुन्छ

ट्राफिक लाइट नभई
ट्राफिक को इसारामा चली रहेको हुन्छ
सरकार नै नभई
काम चलाउ सरकार उसले झेली रहेको हुन्छ
देशले केहि निकास पाएछ कि भनि
टिवी, नभए रेडियो
त्यो पनि नभए पत्रिका
ऊ हेरिरहेको हुन्छ
पीडाबोधमा ऊ बाँचिरहेको हुन्छ
तर पनि
नेपाली हुनुको आनन्दमा
पीडा सँगै हाँस्दै
मुस्कुराउँदै
पीडाबोधमा पनि
ऊ
आनन्द उठाई रहेकै हुन्छ

Thursday, December 5, 2013

नेपाली पो हुँ त म

अरुले मोड आएपछि गति कम गर्लान्
अँह, म त झन बढाउँछु
त्यो अगाडीको बाइक, स्कुटर र कारलाई बायाँबाट जो उछिन्नु छ
हट्ने हैन डटी लड्ने नेपाली पो हुँ त म /

दोबाटो, चौबाटोमा दायाँ-बायाँ जान अरुले साइड-लाइट बाल्लान्
अहँ, म त बाल्दिन, ज्यान गए बाल्दिन
यो बाटो मेरो आँगन त हो नि !!!
जता सुकै जाउँ,
शिर उचाली चल्ने नेपाली पो हुँ त म /

अगाडीको बाइक/गाडीले बत्ति झिप-झिप गरेर पास मागोस्
अँह, म त हाइ बिम मै राख्छु
म झुक्दै नझुक्ने नेपालीको छोरो पो हुँ
बुद्धको ज्योति छर्ने नेपाली पो हुँ त म /

जेब्रा क्रशिंगमा मान्छे देख्ने बित्तिकै
कार / बाइकको गति बढाउने नेपाली पो हुँ त म
रेड लाइटमा भ्रूम भूरुम गर्दै टेक-अफ गर्ने
ग्रयान प्रीको प्रत्यासी पो हुँ त म
जाग्ने, चम्कने, लम्कने नेपाली पो हुँ त म //





Saturday, September 28, 2013

खुशी बिक्रीमा

आज बिहान टि.भी. हेर्दा कोका-कोलाको बिज्ञापनले ध्यान खिच्यो | खुशी बाँडे, खुशी बढ्छ; हामीले सानैदेखि सुन्दै आको कुरा, दुख बाँडे घट्छ संगै | कुरो एकदम ठीक छ तर आज चाँडै उठेको असर हो या शुक्रबार राति नभएको सरकारलाई कर तिरेको असर - यो बिज्ञापनलाई अर्कै नजर (कुटिल भनौं की रुखो, तपाईहरुको जिम्मा) बाट हेर्न मन लाग्यो |

खुशीलाई कोकसँग जोडिएको छ (धन्यबाद दिनुस् मलाई तपाईहरुलाई यो ज्ञान दिएकोमा :D) तर कुरो कहाँ खट्कियो भने खुशी किन्न त २५ (कतै ३० पनि लिन्छन्) रुपियाँ पो खर्च गर्नु पर्यो त | हैन, खुशी पनि किन्न सकिन्छ र | खुशी त देन हो, अमुल्य; साना-साना कुराहरुसँग जोडिएको | यसरी मानव जीवनको एउटा मुख्य अनुभूतिलाई एउटा निर्जिब बस्तुसंग जोडिएको देख्दा मनमा एक किसिमको खल्लोपन जाग्यो - कतै हाम्रो समाजको प्रतिबिम्ब त हैन यो ? मानवीय भावना मानवसँग हैन निर्जिबतासँग जोडिएको छ |  यो बिषयमा धेरै कुरा भएका छन्, लेखिएका छन् | तर, साच्चीकै खुशी किन्न पाइने भए के हुन्थ्यो ?  फेरी नेपालकै ताल हुन्थ्यो - धनीहरु सधै खुशी हुन्थे अनि गरिबहरु सधै दुखि | यो देश साच्चिकै बिडम्बनाले भरिएको हो त ? 

(गद्य लेखनमा पहिलो प्रयास)

Sunday, September 8, 2013

sinex ra cetrizen

सकिन तिम्रो मायाबाट बच्न 
अनेकौं प्रयत्न गरें 
भाग्दै, लुक्दै हिडें /
रङ विरंगी पानी खाएँ
बाहिरी लेपले मात्र हुदैन भनेर भित्री लेप पनि लगाएँ /
धामी झाँक्री कहाँ गईन 
तर भाले चाहीँ काटेर खाएँ 
र अन्त्यमा अंगाली हालेउ
मायाले लुत्रुक्क बनाई छोडेउ /
अब मेरी पियारी कसरी भनौं
चाँडै छोड-पत्र देउ 
रुघा, खोकी र टाउको दुखाई //

Wednesday, May 22, 2013

मेरी माया


उदासिता विलीन गराउने
मन प्रफुलित, तरंगित बनाउने
तिम्रो त्यो मधुर मुस्कानको भोगी हुँ म /

मिठो वचनले कुरा सजिलो बनाउने
मुटु भित्र लुकेका कुरा नि सहज थाहा पाउने
तिम्रो त्यो कलाको पुजारी हुँ म /

हाम्रो भेटमा म ढिलो आउँदा नि
रिसाएर माया प्रकट गर्ने
दाहिने आँखाले माया र देब्रेले रिस दर्शाउने
तिम्रो नजर र भावनाले कायल भएको प्रेमी हुँ म /

अनेकौं प्रश्न गरे पनि
मेरो हरेक उत्तरमा चित्त बुझाउने
आफ्नो भविष्य मसंग जोड्ने
तिम्रो विश्वाशको
रक्षक, पुजारी हुँ म //

Tuesday, February 12, 2013

भाग्यमानी म

भाग्यमानी म,
तिम्रो भाग्यसँग मेरो भाग्य जोडिन पाएकोमा /
तिम्रा रहर, खुशीलाई आफ्नो भन्न पाएकोमा / 
तिम्रो रिसलाई म प्रतिको माया भन्न पाएकोमा /
खुशी म,
तिम्रो हाथ समातेर गन्तव्यतिर लम्कन पाएकोमा /
तिम्रो मुहार हेरेर मन प्रसन्न भएकोमा /
मलाई कुरी राख्दा, म ढिलो आएर
तिम्रो आँखाको आक्रोशमा पनि
म प्रतिको असीम माया देख्दा /
तिम्रो सन्देशको समयमा जवाफ नदिँदा पनि
तिम्रा शव्दहरुको गहिराईमा मायाको बुट्टा भरिएकोमा /
ईश्वरको वरदान पाएको म,
मेरा कमजोरीलाई पनि मायाको नाम दिएकोमा /
तिमीलाई आफ्नो मायालु भन्न पाएकोमा 
तिमी मेरो जिन्दगी भएकोमा //

Sunday, September 23, 2012

Fear

Engulf me.
Fear, thou shall not stand there
and watch me tremble.
Liberate me.
Fear, thou shall not laugh aloud
and handcuff me.
Challenge me.
Fear, thou shall not mock
and leave me deadpan.

For fear,
I no not know where you origin.
Is it the future I am promised of,
Or the present I am blessed with?
Fear,
Weaken me to rise against the odds;
And narrow the path
For I may tread cautiously.
But fear,
Let me wander.
I shall come upon you.
This way or the other.
This time or the other.